Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नर्भिकका ४ नर्सलाई ‘डेजी अवार्ड’, एक दशक सेवा गर्ने २१ कर्मचारी पनि सम्मानित

नर्भिकका ४ नर्सलाई ‘डेजी अवार्ड’, एक दशक सेवा गर्ने २१ कर्मचारी पनि सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी आफ्ना उत्कृष्ट नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत र सम्मानित गरेको छ।अस्पतालले अमेरिकास्थित ‘डेजी फाउन्डेसन’ सँगको सहकार्यमा चार जना नर्सलाई प्रतिष्ठित ‘डेजी अवार्ड’ प्रदान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

चार नर्सलाई अन्तर्राष्ट्रिय स्तरको ‘डेजी अवार्ड’

बिरामीको सेवामा उत्कृष्ट प्रदर्शन गर्ने नर्सहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ‘डेजी अवार्ड’ यस वर्ष नर्भिकका चार जना नर्सहरूले प्राप्त गरेका छन्। मंगलबार आयोजित विशेष कार्यक्रमका बीच यो अवार्ड सम्झना तामाङ, नीलीमा श्रेष्ठ, अन्जली गोले र रोनिशा पाण्डेलाई प्रदान गरिएको हो ।

अस्पतालका अनुसार बिरामी, आफन्त, चिकित्सक र सहकर्मीहरूको मनोनयनका आधारमा उनीहरूलाई अवार्डका लागि छनोट गरिएको थियो। सोही प्रक्रियाबाट उत्कृष्ट १० भित्र पर्न सफल अन्य ६ जना नर्सहरूलाई पनि अस्पतालले सम्मान गरेको छ। उत्कृष्ट १० मा पर्नेहरूमा नर्सहरू सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जन रहेका छन् ।

दीर्घ सेवा सम्मान
अस्पतालले व्यावसायिकता र निरन्तरतालाई कदर गर्दै नर्भिकमा १० वर्षदेखि २५ वर्षसम्म सेवा गर्ने २१ जना नर्स तथा पारामेडिकल कर्मचारीहरूलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेहरूमा नर्सिङ र पारामेडिकल कर्मचारीमा बुद्धिमाया बम्जन, विनिता गिरी, मेलिशा मलेकु, सैलिना श्रेष्ठ, मनिता महर्जन, सचिन खत्री र विनोद थापा रहेका छन् । यसैगरी, रञ्जिता लिम्बु, सुष्मा श्रेष्ठ, सविना केसी, शिला सिल्पकार नकर्मी, साधना श्रेष्ठ, रामबाबु ठाकुर, अरविन्द कुमार शाह, कविना शाही, केशवराज शर्मा खनाल, ईश्वर गौतम, कृष्णकुमारी श्रेष्ठ, जानुका पन्त, मीनाकुमारी उपाध्याय र सरीता रेग्मी शर्माले पनि सम्मान पाएका छन् ।

लामो समयदेखि अस्पतालमा कार्यरत कर्मचारीहरूले नर्भिकलाई आफ्नो ‘दोस्रो घर’ मानेर सेवा गरिरहेको र अस्पतालले गरेको यो मूल्याङ्कनले थप उर्जा मिलेको बताएका छन्।

कलेज टपरहरू पुरस्कृत
कार्यक्रममा नर्सिङ सेवाका अलावा शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने दुई विद्यार्थी पनि सम्मानित भएका छन् । नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजिका टपर विद्यार्थीहरू डिका बस्नेत र मौनता पोखरेललाई पनि सोही अवसरमा सम्मान गरिएको अस्पतालले जनाएको छ। नर्सहरूको सेवाभावको कदर गर्ने र उनीहरूको मनोबल उच्च राख्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको अस्पताल प्रशासनको भनाइ छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit