काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सेवा छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुलाई बन्दिपुर केबलकारद्वारा केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३% सम्मको छुट प्रदान हुने छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका छन् ।
यस्तै बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्