Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एक हजार दरका ४३ करोड नोट छाप्ने टेन्डर चिनियाँ कम्पनीले पायो

एक हजार दरका ४३ करोड नोट छाप्ने टेन्डर चिनियाँ कम्पनीले पायो
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्र बैंकले एक हजार दरका ४३ करोड नोट छाप्न गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चिनियाँ कम्पनीले टेण्डर पाएको छ।

विज्ञापन
Advertisement
Advertisement

टेण्डर पारेको चिनियाँ कम्पनी चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनसँग राष्ट्र बैंकले करार सम्झौता गरेको छ।

यो चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाको सहायक कम्पनी हो। कम्पनीले एक करोड ६९ लाख डलर (करीब दुई अर्ब  रूपैयाँ) मा नोट छाप्ने ठेक्का पाएको हो।

यसअघि सेप्टेम्बर २५ मा प्रि–बिडिङ हुने भन्दै राष्ट्र बैंकले २१ अक्टोबरसम्म बोलपत्र पेस गर्न समय ताकिएको थियो। हाल छापिन लागेको एक हजारका ४३ करोड नोटले करिब सवा तीन वर्षको माग धान्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

यसअघि पनि राष्ट्र बैंकले चिनियाँ बैंक नोट प्रिन्टिङ एन्ट मेन्टिङ कम्पनीबाट हजारका नोट छापेको थियो।

सो समय डलरसँगको विनिमय दर करिब एक सय आठ रूपैयाँ रहँदा प्रतिनोट छपाइको लागत तीन रूपैयाँ ३७ पैसा थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit