Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चितवनमा सन नेपाल लाइफ इन्स्योरेन्सको तीन शाखा स्थान्तरण

चितवनमा सन नेपाल लाइफ इन्स्योरेन्सको तीन शाखा स्थान्तरण
विज्ञापन
Advertisement

चितवन । सन नेपाल लाइफ इन्स्योरेन्सले नारायणी क्षेत्रका तीन शाखाको स्थान्तरण गरेको छ । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने उद्देश्यले इन्स्योरेन्सले नारायणी क्षेत्र अन्तर्गत टाडि शाखा (रत्ननगर टाडि २), भरतपुर शाखा (भरतपुर ३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरि तीन शाखालाई नयाँ तथा आधुनिक संरचनामा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको उल्लेख छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, तथा सम्बन्धित शाखा प्रबन्धक तथा कम्पनीका कर्मचारीहरुको उपस्थितिमा उक्त शाखाहरुको स्तानान्तरण गरिएको कम्पनीको भनाइ छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गरे । शाखा स्थानान्तरण पहल ग्राहकमैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको उले बताए। त्यसैगरी प्रमुख बजार अधिकृत गणेश चौलागाईंले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउन्टर, डिजिटल अभिलेख प्रणाली तथा सहज ग्राहक मार्गदर्शन जस्ता संरचनात्मक सुधारले ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे।

सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहकको हितलाई प्राथमिकतामा राख्दै देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit