images images images
images images images
images
images
images

१७ खर्बका प्रोजेक्टहरु पाइपलाइनमा छन्, विदेशी लगानीकर्ताले हात झिक्छौँ भनेका छैनन् : सीईओ ज्ञवाली 

images

काठमाडौं। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पछिल्लो समय विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्साहित रहेको बताएका छन् ।

आइतबार नाफिजको साधारण सभामा सीईओ ज्ञवालीले ‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरू अहिले नेपालमा लगानीको राम्रो वातावरण बन्दै गएकाले लगानीका लागि उत्साहित रहेको बताए । तर, उनले अझै केही लगानीकर्ताहरु भने ‘पर्ख र हेर’को अवस्थामा बसिरहेको बताए । ‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा छन् । केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्। तर, हालसम्म लगानी गर्न चाहेका लगानीकर्ताहरूले हात झिक्छौँ भनेका छैनन्,’ ज्ञवालीले थपे,‘ बरु उनीहरूले नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएकाले अब तीव्र गतिमा काम गर्नका लागि उत्साहित छन् ।’

images
images

अहिले गेमि चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनका रहेकाले ती प्रोजेक्टहरू फाइनल गर्न समय लागेको जानकारी दिए।

यस्तै उनले लगानी बोर्डमा विज्ञहरूलाई सदस्यको रुपमा थप्ने तयारीसहित बोर्डलाई नै ‘रिफर्म’ गर्न लागेको जानकारी दिए । उनले नेपालमा लगानी बढाउनका लागि अप्ठ्यारा देखिएका सबैखाले समस्याको समाधान गर्दै सहज वातावरण बनाउन बोर्ड तयार रहेको पनि उल्लेख गरे । ‘लगानी बोर्ड रिर्फमको प्रक्रियामा छ। लगानी बोर्डमा विज्ञहरूलाई सदस्यको रुपमा राख्ने तयारी भइरहेको छ। नेपालमा लगानी बढाउनका लागि अफठ्यारोमा परेको विषयहरूलाई सम्बोधन गर्दै सहज वातावरण बनाउन बोर्ड तयार छ’, उनले भने ।

ज्ञवालीका अनुसार गत भदौको जेनजी आन्दोलनपछि नेपालमा विदेशी लगानीकर्ताहरूले चासो देखाएका छन् । सीईओ ज्ञवालीले भने, ‘जेनजी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालको अवस्थामा चासो बढाएका छन् । अब लगानीमा लगानी बढाउनका लागि लगानीकर्ताहरूमा ढुक्क बनाउनु पर्छ । उनीहरू लगानी गर्न ढुक्क भएनन् भने उनीहरूमा लगानी गर्ने कन्फिडेन्स आउँदैन ।’ पछिल्लो समयमा निजी क्षेत्र, लगानीकर्ता र सरकारबीच लगानीको वातावरण बढाउनका लागि बोर्डले काम गरिरहेको बताए । लगानीकर्ताहरूले जुन सर्त राखेर नेपाल आउने तयारी गरेका छन् उनीहरूको लागि सम्झौतामै भोलीका दिनमा परिवर्तन नहुने विस्वास दिलाएर ढुक्क बनाउने गरी बोर्डले तयारी गरेको उनको भनाइ थियो ।

यस्तै उनले सरकारले कुन– कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुन–कुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरि बोर्ड अगाडी बढेको बताए । यसमा प्रतिस्पर्धाको फ्रेमवर्कभन्दा बाहिर रहेर कुनै पनि प्रोजेक्ट नदिने अप्रोच बोर्डले अगाडी बढाएको सीईओ ज्ञवालीको भनाइ छ ।

images
images

प्रतिक्रिया दिनुहोस्