Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

लगानी योग्य रकम स्थिर हुनु अहिलेको मुख्य चुनौती :अध्यक्ष पाण्डे

लगानी योग्य रकम स्थिर हुनु अहिलेको मुख्य चुनौती  :अध्यक्ष पाण्डे
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको बताएका छन् । नाफिजको साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

‘आन्तरिक अर्थतन्त्र चापमा छ । बैंकमा लगानी योग्य रकम पर्याप्त छ । ब्याज एकल बिन्दुमा भएपनि समग्र बजारको माग बढ्न सकेको छैन’, अध्यक्ष पाण्डेले भने, ‘अहिलेको सबैभन्दा ठुलो चुनौती हाम्रो प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु हो । पैसा स्थिर बस्नु भनेको अर्थतन्त्रको लागि राम्रो पक्कै पनि होइन ।’

निजी क्षेत्रको लगानी बढेमा मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुने उनले बताए । अध्यक्ष पाण्डेले भने, ‘निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुन्छ । अर्थतन्त्र सुदृढ भयो भने मात्रै मुलुक समृद्ध हुन्छ । युवाहरूले रोजगारी पाउँछन्, राज्यले राजस्व पाउँछ । त्यसैले पूर्वाधार विकास सामाजिक विकास योगदान गर्छ । त्यसैले हामी सबैको ध्यान अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ ।’

बजारमा पैसा ल्याउनका लागि सरकारले पुँजीगत खर्च बढाउनु पर्ने उनले बताए । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको समग्र बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको उनको टिप्पणी छ । बजेट कार्यान्वयनका लागि सरकार कडाइका साथ प्रस्तुत हुनुपर्ने उनको सुझाव छ ।

‘आर्थिक मुद्दालाई सबैले पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा पनि समान धारणा छ । राजनीति भन्दा माथि आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’, अध्यक्ष पाण्डेले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit