काठमाडाैं । साताको मंगलबार दिन नेप्से परिसूचक ७.३९ अंकले बढेको छ । शेयर बजारमा आएको त्रिब उत्तार चढाबका बीच नेप्से परिसूचक यो दिन एकल अंकले बढेको हो ।
नेप्से परिसूचक २हजार ६१४.०७ विन्दुमा छ । पछिल्लो समय गत भदौं २३ गते सोमबार २७ विन्दुमा बाट झरेको शेयर बजार त्यसयता माथि उक्लिन सकेको छैन । जेनजी आन्दोलनपछि बजारमा निरन्तर घटिरहेको छ। मौद्रिक नीतिको पहिलो समीक्षाबाट पनि शेयर बजारले गति लिन नसकेको लगानीकर्ताको विश्लेषण छ ।
कारोबार रकम घट्दो क्रममा छ । अघिल्लो दिन ४ अर्ब माथिको भएको कारोबार घटेर यो दिन ३ अर्ब ७५ करोड रुपैयाँमा सिमित रहेको छ । यो दिन न्यादी ग्रुप, लक्ष्मी सनराईज बैंक,राधि विद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी र हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ८ करोड २८ लाख रुपैयाँदेखि ३१ करोड ९२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटिच, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयरम मूल्य ८.७६ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।
त्यस्तै, हिमस्टार उर्जा कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, लक्ष्मी सनराईज बैंकको २.५९ प्रतिशतदेखि ३.८८ प्रतिशतसम्मले घटेको छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्