काठमाडाैं । साताको बुधबार शेयर बजारमा पुन : गिरावट आएको छ । अघिल्लो सामान्य अंक ७.७९ अंकले बढेको बजार यो दिन ७ दशमलव ८६ अंकले घटेको छ । बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको हो। यो दिन तीन अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा श्रीनगर एग्रिटिच इष्ड्रटिज, न्यादी ग्रुप पावर,युनिभर्सल पावर कम्पनीको सार्वधिक कारोबार भएको छ ।
त्यस्तै घटेको बजारमा पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थाको लगार सर्किट लागेको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी,यसवाई प्यानेल नेपाल, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक बढेको छ ।
यो दिन झापा इनर्जी, ज्योति विकास बैंक बोन्ड, हिमस्टार उर्जा कम्पनी, सुपरमादी हाइड्रको शेयर मूल्य ५ प्रतिशतदेखि ९.३० प्रतिशतसम्मले घटेको छ । यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये उत्पादनमूलक र म्यूचुअल फण्डको बढ्दा अन्य उपसमूहहरु राताप्य बनेका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्