images
images
images
images

मनमोहनमा बिएससी नर्सिङको पढाइ हुने

images
images
images

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककाले सम्झौता गरेर टुङ्गो लागेपछि बिएससी नर्सिङ्गको कक्षा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गरिने जानकारी दिए । उनले भने, ‘आगामी माघभित्रमा हामीले धनकुटा अस्पताल प्राप्त गरिसक्छौँ र वैशाखभित्र नर्सिङ्गतर्फको पाठ्यक्रम पनि सञ्चालन गरिसक्नेछौँ ।’

प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको देशको पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले शिक्षण अस्पताल प्राप्त गर्न ढिलाइ हुँदा मेडिकलतर्फका कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । स्वास्थ्य प्राविधिक कार्यक्रमका लागि पाठ्यक्रम निर्माण गरिसके पनि अस्पताल प्राप्त नहुँदा सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेर बसेको उपकुलपति डा पोखरेलले बताए । ‘सम्झौताका लागि मनमोहनले कोशी सरकारलाई सम्झौतापत्रको खाका पनि बुझाइसकेको छ । तर, सरकारको स्वास्थ्य मन्त्रालयले उक्त सम्झौता प्रक्रिया अगाडि बढाएको छैन’ पोखरेलले भने।

मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट चार वर्षे बिएससी नर्सिङ्ग कार्यक्रमका लागि नयाँ पाठ्यक्रम चिकित्सा सेवा आयोगले तोकेको मापदण्डअनुसार तयार गरिसकेको छ । पाठ्यक्रमको चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजबाबु मरहठा उपस्थित भएर निरीक्षण पनि गरिसकेका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयले हालसम्म आफ्नै आङ्गिक क्याम्पसमार्फत इञ्जिनिरिङतर्फ सिभिल, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सतर्फ स्नातक, फार्मेसी, पाँच वर्षे बिबिए÷एलएलबी स्नातोकोत्तरतर्फ एलएलएम र हस्पिटल म्यानेजमेन्ट विषयको अध्यापन गराउँदै आएको छ । रासस

images
images

प्रतिक्रिया दिनुहोस्