Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

काठमाडौंमा मोक्सी होटल्सको आगमन, राजधानीको हस्पिटालिटी क्षेत्रमा नयाँ आकर्षण

काठमाडौंमा मोक्सी होटल्सको आगमन, राजधानीको हस्पिटालिटी क्षेत्रमा नयाँ आकर्षण
विज्ञापन
Advertisement

 काठमाडाैं । काठमाडौंको दरबारमार्गमा अन्तर्राष्ट्रिय हस्पिटालिटी ब्रान्ड मोक्सी होटल्सले ‘मोक्सी काठमाडौँ’ संचालनमा ल्याउँदै नेपाल प्रवेश गरेको छ। मेरियट बोनवोयअन्तर्गतको यो लाइफस्टाइल होटल परम्परा र आधुनिकताको मिश्रण हुने काठमाडौंलाई आफ्नो उपयुक्त गन्तव्य मान्दै सुरु गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेट दूरीमा रहेको होटलबाट दरबार स्क्वायर, स्वयम्भू (मंकी टेम्पल) र ठमेल जस्ता प्रमुख पर्यटनस्थल सहजै पुग्न सकिन्छ। आर्ट ग्यालरी, क्याफे, रूफटप लाउञ्ज, लाइभ म्युजिक भेन्युहरूजस्ता आधुनिक स्पेससँग जोडिने अनुभव प्रदान गर्नु मोक्सीको विशेषता हो।

मोक्सी काठमाडौँमा १०१ स्मार्ट गेस्ट–रूम, मोसन–एक्टिभेटेड लाइट, ५५ इन्च स्मार्ट टिभी, मोड्युलर फर्निचरजस्ता सुविधा छन्। फिटनेस सेन्टर, खेलकुदका लागि प्लेफुल रिक्रिएसन जोन तथा आगमनमै स्वागत ककटेल प्रदान गर्ने मोक्सी बार यहाँको मुख्य आकर्षण हो।

लेभल ११ मा मेक्सिकन सेफ मार्टिन हर्नान्डेज लोपेजद्वारा क्युरेट गरिएको ल्याटिन अमेरिकी रेस्टुरेन्ट तथा रूफटप बारबाट उपत्यकाको दृश्यसहित हस्तनिर्मित ककटेलको मजा लिन सकिन्छ।

मेरियट इन्टरनेशनलका दक्षिण एसिया क्षेत्रका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकटले काठमाडौंको ऊर्जाशील वातावरण मोक्सीका लागि उपयुक्त रहेको बताउँदै नेपालमा यो ब्रान्ड ल्याउन पाएकोमा खुशी व्यक्त गरेका छन्। होटलका क्याप्टेन सुवर्ण थापाले काठमाडौंको बदलिँदो जीवनशैलीसँग मेल खाने साहसिक र सामाजिक अनुभव मोक्सीले दिने बताए। यो दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit