काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत ( ६५ अर्ब ४ करोड) ले बढेर रु। ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब ४७ करोड अर्थात् २.५ प्रतिशतले बढेको थियो, जसले यस वर्ष कर्जा विस्तारको गति सुस्त भएको देखाउँछ ।
वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जा ६.९ प्रतिशतले वृद्धि भएको छ । कुल कर्जा प्रवाहमध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.४ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत थियो ।
समीक्षा अवधिमा वाणिज्य बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ ।
कर्जा सुरक्षणका आधारमा हेर्दा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत कर्जा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा धितोमा आधारित कर्जाको अंश ६६.० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा निर्माण क्षेत्रतर्फको कर्जा ३।२ प्रतिशतले बढेको छ । त्यसैगरी यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशत, उपभोग्य क्षेत्रमा १.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ०.४ प्रतिशत र सेवा उद्योग क्षेत्रमा ०.१ प्रतिशतले कर्जा वृद्धि भएको छ । तर कृषि क्षेत्रमा कर्जा २.६ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा २.५ प्रतिशतले घटेको छ ।
कर्जाको प्रकृतिअनुसार मार्जिन कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४ प्रतिशत र क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले बढेको छ । यता अधिविकर्ष कर्जा ४.९ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशतले घटेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्