Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण

साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
विज्ञापन
Advertisement

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३०० हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

द्वन्द्वकालमा नापी, मालपोतसहितका सरकारी कार्यालय आगजनी हुँदा २३ वर्षदेखि जिल्लाका चार स्थानीय तहका सम्पूर्ण लालपूर्जा जलेर नष्ट भएका थिए ।

आगजनीबाट नष्ट भएका चैनपुर–९ को ३०० दशमलव ५२ हेक्टर जग्गाको कित्ताकाट सकिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिए । हालसम्म चैनपुरको वडा नं. ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको छ ।

विसं २०५९ वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्वपूर्ण कागजात नष्ट भएका थिए । कागजात नभएकै कारण स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए ।

विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि चैनपुरमा विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।

हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नाप नक्सा तथा लालपूर्जा वितरण गरिरहेको छ । सीमित स्रोतधान र सीमित जनशक्तिका कारण चार स्थानीय तहको २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार ५०० हेक्टरको नाप नक्सा गरेर जग्गा धनी दर्ता पूर्जा वितरण गरिसकेको विशेष नापी कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit