Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

जेनजी आन्दोलनको भौतिक क्षतिमा हालसम्म २३ अर्ब ४४ करोडको बीमा दाबी,५ अर्ब १८ करोड भुक्तानी

जेनजी आन्दोलनको भौतिक क्षतिमा हालसम्म २३ अर्ब ४४ करोडको बीमा दाबी,५ अर्ब १८ करोड भुक्तानी
विज्ञापन
Advertisement

काठमाडाैं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक क्षतिको क्रममा हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड रुपैयाँ बढीको दाबी परेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १ गतेसम्म तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ हजार ३०४ वटा दाबीको २३ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म कम्पनीहरूले ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

हालसम्म सबैभन्दा बढी बीमा दाबी रकम भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४०८ वटा दाबीको ५ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म १ करोड ८८ लाख ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी, दोस्रो धेरै बीमा दाबी रकम भुक्तानी गर्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। यो कम्पनी हालसम्म १ अर्ब ३ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ। हालसम्म यो कम्पनीमा २२० वटा दाबीको २ अर्ब ८३ करोड १५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

शिखर इन्स्योरेन्स धेरै बीमा दाबी रकम भुक्तानी गर्ने तेस्रो कम्पनी हो। यो कम्पनीले ४४८ वटा दाबीको २ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ७१ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

 कुन कम्पनीकाे कति दाबी, कति भुक्तानी?

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit