images images images
images images images
images
images
images

नेपाल–भारतबीच ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै

images

नेपालगञ्ज । नेपाल–भारतबीच पर्यटनका क्षेत्रमा नयाँ सम्भावना खोजी गर्ने उद्देश्यले संयुक्त मञ्चका रूपमा ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुने भएको छ ।

नेपालगञ्जमा भएको तीनदिने ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ दुई देशको पर्यटन प्रवर्द्धन गर्ने योजनासहित काउन्सिल गठन गर्न लागिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल जानकारी दिए । ‘अझै कतिपय खास विषयमा संवाद गरिने छ, त्यसपछि औपचारिक रूपमा घोषणा गरिने छ’, उनले भने।

images
images

सिग्देलले सो काउन्सिल बनाउनका लागि तीनदेखि छ महिनाको समय लाग्ने जानकारी दिँदै क्रस बोर्डर पर्यटन सहजीकरणका लागि अनलाइन आवेदन दिने र अनुमति दिने प्रणाली लागू गर्न सरकारलाई आग्रह गरिएको बताए ।

हालै सम्पन्न भएको नेपालगञ्ज विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गरी पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्ज–दिल्ली सिँधा हवाई उडान सञ्चालन गर्न नेपाल र भारत दुवै देशका नागरिकले सम्बन्धित देशका सरकारसँग आग्रह गर्ने निर्णय भएको जानकारी पूर्वअध्यक्ष सिक्देलले जानकारी दिए । नेपालगञ्जलाई ‘डेष्टिनेसन वेडिङ’ बनाउन सम्बन्धित निकायमा पैरवी गर्न जोड दिइएको उनले उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डको आयोजनामा नाट्टा बाँके च्याप्टरको संयोजनमा भएको कन्क्लेभमा पहिलो दिन विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनदेखि अन्तिम दिन ग्रामीण पर्यटका रूपमा रहेको होमस्टे (घरबास) अवलोकन, बाँके निकुञ्जको सफारीसम्मका गतिविधि भएका थिए । दुई देशबीचका पर्यटन व्यवसायी, टुर अपरेटरहरूबीच बिटुबीसम्बन्धी कार्यक्रम पनि गरिएको थियो ।

यसैबीच नेपाल–भारतका पर्यटन व्यवसायीबीच संयुक्त बैठकको आयोजना गरिएको छ। बैठकले जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि नाट्टा बाँके च्याप्टरको सहजीकरणमा सुरक्षा निकायको बैठक तथा प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुरक्षा निकायको बैठक राखी पर्यटकमैत्री वातावरण बनाउन पहल लिने निर्णय भएको सिग्देलले जानकारी दिए । रासस

images
images

प्रतिक्रिया दिनुहोस्