Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

पुँजी बजारको आधुनिकीकरण र डिजिटल रूपान्तरणबारे नेप्से र मर्चेन्ट बैंकर्स संघबीच छलफल

पुँजी बजारको आधुनिकीकरण र डिजिटल रूपान्तरणबारे नेप्से र मर्चेन्ट बैंकर्स संघबीच छलफल
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पुँजी बजारमा सुधार, डिजिटल रूपान्तरण तथा नयाँ लगानीका अवसर सिर्जना गर्ने विषयमा नेपाल मर्चेन्ट बैंकर्स संघ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच छलफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीसँग भेट गरी पुँजी बजारका विद्यमान चुनौती, सम्भावित अवसर र भावी विकासका विषयमा छलफल गरेको हो । भेटका क्रममा संघले प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

छलफलमा नयाँ वित्तीय उपकरण तथा लगानीका साधनको विकास, पुँजी बजारको डिजिटल रूपान्तरण, साना तथा मझौला उद्यमका लागि छुट्टै कारोबार मञ्च निर्माण, बजार पूर्वाधारको सुदृढीकरण तथा विद्यमान कारोबार र राफसाफ प्रणालीमा सुधार गर्नुपर्ने विषय उठाइएको थियो ।

संघले पुँजी बजारमा नवीन वित्तीय उपकरणको विकास, लगानीका अवसरको विविधीकरण र संस्थागत क्षमता अभिवृद्धिमा जोड दिएको जनाएको छ । त्यस्तै, नेप्सेको संस्थागत रूपान्तरणमार्फत व्यावसायिक कार्यसंस्कृति विकास, कार्यसञ्चालन क्षमता वृद्धि तथा संस्थागत दक्षता अभिवृद्धि गर्नुपर्ने विषयमा समेत छलफल भएको छ। विशेषगरी संस्थापक समूहको शेयर कारोबारमा देखिएका समस्याबारे दुवै पक्षले चासोका साथ छलफल गरेका छन् । संस्थापक शेयरको मूल्य निर्धारण, लिलामी प्रक्रियामा देखिएका समस्या तथा विद्यमान संस्थापक सेयरधनीले आफ्नो लगानी सहज रूपमा बिक्री गर्न नसकेको अवस्थाबारे छलफल भएको संघले जनाएको छ ।

यसका लागि संस्थापक शेयर कारोबारसम्बन्धी नियामकीय व्यवस्थालाई थप स्पष्ट बनाउनुपर्ने र मूल्य निर्धारणमा व्यावहारिक, पारदर्शी तथा बजारमुखी प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको बताइएको छ । त्यसैगरी, बुक बिल्डिङ प्रणाली कार्यान्वयनमा देखिएका चुनौतीबारे पनि छलफल भएको छ। विशेषगरी यस प्रणालीका लागि आवश्यक प्रविधिगत पूर्वाधार र छुट्टै सफ्टवेयरको उपलब्धतालाई प्रभावकारी बनाउनुपर्ने विषय उठाइएको थियो ।

छलफलमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सुवेदीले स्टक एक्सचेन्जको आधुनिकीकरण, संस्थागत सुदृढीकरण तथा कार्यसञ्चालन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पुँजी बजारको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै संस्थागत सुधारका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ। व्यावहारिक सुधारका कामलाई क्रमशः कार्यान्वयन गर्दै समग्र पुँजी बजारको प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा समेत उनले जोड दिएका थिए । नेपालको पुँजी बजारमा नवीनता प्रवर्द्धन, बजार पूर्वाधारको विकास तथा समग्र बजारको आधुनिकीकरण र दिगो विकासका लागि नेप्से र नेपाल मर्चेन्ट बैंकर्स संघबीच निरन्तर संवाद, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने साझा समझदारी बनेको संघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit