Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

विज्ञापन
Advertisement
Advertisement

श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आफूले आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको विकास र रूपान्तरणमा समर्पित गर्ने बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेकी श्रेष्ठ पार्टीको सहमहामन्त्रीसमेत थिइन्। उनले २०८२ वैशाखमा एक व्यक्ति, एक पदको मान्यता अघि सार्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि २०८२ भदौमा पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा नै छाडेकी थिइन्।

मेयरमा उम्मेदवारी घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’ यद्यपी आगामी स्थानीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा निर्वाचन आयोगले चुनावको मिति भने तोकिसकेको छैन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit