Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, तिहारपछि तोलामा झन्डै २४ हजारले सस्तियो

सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, तिहारपछि तोलामा झन्डै २४ हजारले सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम थियो । तिहारपछि निरन्तर ओरालो लागेको सुनको मूल्यमा बुधबार थप ठूलो गिरावट आएको हो । मंगलबार पनि सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको थियो। तिहारअघि अर्थात् कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता बुधबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १७ हजार १०० रुपैयाँले घटिसकेको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४९० रुपैयाँ थियो । यसअनुसार चाँदीको मूल्य एकैदिन प्रतितोला ११० रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट देखिएको छ । बुधबार सुन प्रतिऔंस ३ हजार ७८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit