Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

कृषि यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, मुख्य विजेताले पाउनेछन् मिनी ट्रेलर

कृषि यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, मुख्य विजेताले पाउनेछन् मिनी ट्रेलर
विज्ञापन
Advertisement

काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा अवलोकनकर्ताले कृषि सामग्रीसँगै आकर्षक उपहारसमेत जित्ने अवसर पाउने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आधुनिक कृषि प्रविधि र यान्त्रीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको प्रदर्शनी अवधिभर दैनिक लक्की ड्रमार्फत ५० जना विजेता छनोट गरिनेछ भने अन्तिम दिनका प्रमुख विजेतालाई मिनी ट्रेलर प्रदान गरिने आयोजकले जनाएको छ।

यही मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने तीनदिने प्रदर्शनीमा सहभागी हुने अवलोकनकर्तामध्येबाट प्रत्येक दिन ५० जनालाई लक्की ड्रमार्फत उपहार प्रदान गरिनेछ। विजेताले कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, विद्युतीय मकै छोडाउने मेसिनलगायत विभिन्न कृषि औजार तथा उपकरण प्राप्त गर्नेछन्। त्यस्तै, प्रदर्शनीको अन्तिम दिन लक्की ड्रबाट छनोट हुने प्रमुख विजेतालाई मिनी ट्रेलर उपहार दिइने आयोजकले जानकारी दिएको छ। यसले प्रदर्शनीलाई कृषि प्रविधि अवलोकन र जानकारी हासिल गर्ने अवसरका साथै सहभागीका लागि आकर्षक उपहार जित्ने अवसरसमेत बनाउने अपेक्षा गरिएको छ।

‘कृषिमा यन्त्र र प्रविधि ःकृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा २० देशका कृषि प्रविधि, मेसिनरी तथा उपकरण प्रस्तुत गरिनेछ। आयोजकका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी प्रकारका कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहनेछन्। तीन दिनमा ५० हजारभन्दा बढी अवलोकनकर्ताले प्रदर्शनी भ्रमण गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, आधुनिक सिँचाइ प्रणाली, हरितगृह प्रविधि, शीतभण्डारण तथा कृषि उत्पादनको प्रशोधनसँग सम्बन्धित नवीनतम प्रविधि प्रदर्शन गरिनेछ। किसानले एउटै स्थानमा विभिन्न देशका आधुनिक कृषि उपकरण अवलोकन गर्नुका साथै तिनको उपयोगिता, लागत र कार्यक्षमताबारे जानकारी लिन सक्नेछन्।

नेपाल सरकार, कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको छ। प्रदर्शनी मंसिर ४ देखि ६ गतेसम्म दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। यसमा किसान, कृषि उद्यमी, कृषि उपकरण व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी तथा कृषि क्षेत्रमा चासो राख्ने सर्वसाधारणले आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

नेपालको कृषि क्षेत्रमा बढ्दो श्रम अभाव, उत्पादन लागत र परम्परागत खेती प्रणालीका चुनौतीलाई सम्बोधन गर्न यान्त्रीकरण महत्त्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रदर्शनीले किसानलाई उपयुक्त प्रविधि छनोट गर्न, कृषि उपकरण उत्पादक तथा व्यवसायीलाई बजार विस्तार गर्न र कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit