Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

कोरला नाका सञ्चालनपछि स्थानीयलाई व्यवसायसँगै रोजगारीको अवसर

कोरला नाका सञ्चालनपछि स्थानीयलाई व्यवसायसँगै रोजगारीको अवसर
विज्ञापन
Advertisement

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी पाएका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरु कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए। सो नाका माथिल्लो मुस्ताङका नागरिकहरुका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गको रुपमा गत ३० भदौमा पूर्णरुपमा खुला गरको हो । लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गर्दै आएका छन् । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न सुरु गरेका हुन्। यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिव ८०÷९० जना मध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् ।

यो नाका समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ। नाकामा चिसोका कारण पर्यटकीय रौनक घटेपनि नाका बन्द नहुने जनाइएको छ। नाकामा व्यापार गर्नेहरुले आन्तरिक रुपमा ब्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन्। पर्यटकहरुलाई चिनियाँ उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ। त्रिपाल टाँगेर व्यापार गर्नेहरुका लागि एक जीप बराबर दुई जना व्यापारीले व्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जीप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय व्यापारी लिन्डुप गुरुङले जानकारी दिए ।

नाकामा तीन सय जना भन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन्। यहाँ एक सय बढी युवाले लोड अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने ल्याउने काम पाएका छन्। ती युवाहरुले दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्छन्। रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit