images images images
images images images
images
images
images

भ्रामक सूचना र मानव तस्करी आरोप असत्य भएको द ब्रिटिश कलेजको स्पष्टिकरण

images

काठमाडाैं ।द ब्रिटिश कलेजले सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत कलेजविरुद्ध बदनियतपूर्वक फैलाइएका भ्रामक सूचना, दोषपूर्ण सामग्री तथा सार्वजनिक आरोपहरूको सन्दर्भमा यथार्थपरक तथ्य स्पष्ट गर्न प्रेस विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा कलेजले सम्बन्धित नियामक निकायको स्वीकृतिमा उच्च शिक्षा प्रदान गर्दै आएको नेपालकै प्रतिष्ठित शैक्षिक संस्था भएको स्पष्ट गरेको छ। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग औपचारिक अनुबन्धमार्फत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले नेपालका सम्बन्धित नियामक तथा संस्थागत मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै आएको जनाएको छ। साथै, दुबईस्थित द वुलविच इन्स्टिच्युट संयुक्त अरब इमिरेट्सको प्रचलित कानुनअनुसार सम्बन्धित नियामक निकायको स्वीकृति तथा मान्यतामा सञ्चालनमा रहेको स्वतन्त्र शैक्षिक संस्था भएको र हाल २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थीलाई सेवा दिँदै आएको उल्लेख गरिएको छ।

images
images

द ब्रिटिश कलेजमा सञ्चालन हुने ँयगलमबतष्यल कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त रहेको र ती कार्यक्रमहरूले विद्यार्थीलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक तथा व्यावसायिक दक्षता विकास गर्न सहयोग पुर्‍याउने कलेजको दाबी छ। स्वीकृत शैक्षिक कार्यक्रमअन्तर्गत  हस्पिटालिटी म्यानेजमेन्ट फाउन्डेसन लेभल अध्ययनरत विद्यार्थीहरूलाई दुबईस्थित TWI मा उच्च राष्ट्रिय डिप्लोमा (HND)कार्यक्रममार्फत सैद्धान्तिक ज्ञान तथा सीप विकासको अवसर प्रदान गरिने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ। ज्ल्म् सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरूले शैक्षिक प्रदर्शन, संस्थागत मापदण्ड तथा भिसा नियमअनुसार दुबई, बेलायत वा अष्ट्रेलियाका साझेदार विश्वविद्यालय वा शिक्षण संस्थामा   लेभल 6 टप टु ब्याचल डिग्री अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको कलेजले जनाएको छ।

विद्यार्थीहरूको व्यावसायिक सीप विकासका लागि इन्टर्नसिपको अवसर प्रदान गरिने भए पनि इन्टर्नसिप ग्यारेन्टी नहुने कुरा भर्ना प्रक्रियाअघि नै स्पष्ट रूपमा जानकारी गराइने गरिएको कलेजको भनाइ छ। दुबई जाने विद्यार्थीहरूको प्रारम्भिक आगमन र बसोबास सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायकमार्फत अस्थायी आवासको व्यवस्था गरिएको भए पनि ती व्यवस्था छोटो अवधिका लागि मात्र हुने र त्यसपछि दीर्घकालीन आवासको व्यवस्था विद्यार्थीहरूले आफैं गर्नुपर्ने कुरा सम्झौतामै उल्लेख गरिएको कलेजले स्पष्ट पारेको छ। कुनै पनि अवस्थामा विद्यार्थीहरूलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र पारिएको नभएको र यससम्बन्धी सबै दाबीहरू पूर्ण रूपमा झुटो, असत्य, भ्रामक र तथ्यहीन भएको कलेजको ठहर छ।

विज्ञप्तिअनुसार करिब ५१ जना ज् विद्यार्थीहरूमध्ये ९ जना विद्यार्थी व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएका थिए। ती विद्यार्थीहरूलाई डिसेम्बर १, २०२५ बाट सुरु हुने इन्टर्नसिपको अवसर प्रदान गरिएको थियो। विद्यार्थीहरू नेपाल फर्किएपछि कलेजले अभिभावक तथा विद्यार्थीहरूसँग औपचारिक परामर्श प्रक्रिया सुरु गरेको र छलफलहरू पारदर्शी, सम्मानजनक तथा रचनात्मक वातावरणमा सम्पन्न भएको जनाएको छ। सो समयमा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरू सन्तुष्ट रहेको प्रतिक्रिया प्राप्त भएको र समस्या सकारात्मक संवादमार्फत समाधानतर्फ अघि बढिरहेको कलेजको दाबी छ।

कलेजले मंसिर २३ गते केही HM विद्यार्थीहरूले कलेजको पूर्व अनुमति बिना सामाजिक सञ्जालमा सामग्री प्रसारण गर्दा कर्मचारीहरूलाई अनावश्यक मानसिक पीडा पुगेको उल्लेख गरेको छ। त्यस्तै, पौष ७ गते अभिभावकहरूसँग समाधानमुखी छलफल भइसकेको अवस्थामा पनि बाह्य समूहका केही व्यक्तिहरूले विद्यार्थीको समर्थनको नाममा परिस्थितिलाई अशान्त बनाउने प्रयास गरेको आरोप लगाइएको छ। यस क्रममा भ्रामक पर्चाबाजी, उक्साउने गतिविधि तथा कर्मचारीविरुद्ध आधारहीन आरोप लगाइनुका साथै दुर्व्यवहारसमेत भएको कलेजको भनाइ छ।

पौष ८ गते कलेजमा भर्ना नभएका तथा विद्यार्थी सङ्घको नाम प्रयोग गर्ने केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत अपुष्ट आरोप फैलाउने, कलेजको कार्यालयमा तोडफोड गर्ने र शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्य गरेको विज्ञप्तिमा उल्लेख छ। कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवादका लागि सञ्चालक, आधिकारिक प्रतिनिधि तथा स्थानीय प्रहरी प्रशासनको उपस्थितिमा तीन पटकभन्दा बढी औपचारिक बैठकका लागि आमन्त्रण गरे पनि उनीहरूले संवादमा सहभागी हुन अस्वीकार गरेको कलेजको भनाइ छ। यस कारण कलेजको शैक्षिक वातावरण र सुरक्षाका लागि सुरक्षानिकायको सहयोग लिनुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ।

द ब्रिटिश कलेजले आफूविरुद्ध लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार गर्दै ती आरोपहरू असत्य, आधारहीन र मानहानीपूर्ण भएको स्पष्ट गरेको छ। प्रतिष्ठित शैक्षिक संस्थामाथि यस्ता अपुष्ट आरोप लगाइनु निन्दनीय कार्य भएको उल्लेख गर्दै कलेजले आफ्नो शैक्षिक, कानुनी तथा नैतिक मापदण्डप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

कलेजका अनुसार विद्यार्थीको हित, सुरक्षा, मर्यादा र समग्र विकास नै यसको प्रमुख प्राथमिकता हो। कुनै पनि विद्यार्थीमा मानसिक, शैक्षिक वा व्यक्तिगत समस्या देखिएमा गोपनीयता, आत्मसम्मान र कानुनी अधिकारको सम्मान गर्दै आवश्यक परामर्श, मार्गदर्शन तथा संस्थागत सहयोग उपलब्ध गराइने कलेजले जनाएको छ।

विद्यार्थीसम्बन्धी संवेदनशील विषयहरूलाई अफवाह वा सामाजिक सञ्जालमार्फत सार्वजनिक बहसको विषय नबनाई औपचारिक र विधिसम्मत प्रक्रियामार्फत समाधान गर्ने नीति अवलम्बन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

द ब्रिटिश कलेजले आफ्ना सबै शैक्षिक कार्यक्रमहरू नियमित रूपमा निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको र पठनपाठन, मूल्याङ्कन तथा परीक्षाहरू शैक्षिक क्यालेन्डरअनुसार नै हुने स्पष्ट गरेको छ। हाल कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको र शैक्षिक गतिविधिमा कुनै अवरोध नरहेको जानकारी दिँदै कलेजले अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई भ्रामक र तथ्यहीन सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। गुणस्तरीय शिक्षा र विद्यार्थीको दीर्घकालीन शैक्षिक तथा व्यावसायिक हित सुनिश्चित गर्न कलेज सधैं सहकार्य र सकारात्मक समाधानप्रति प्रतिबद्ध रहेको पुनः स्पष्ट गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्