Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

देवी बुढा बनिन् जस्मिन पेन्ट्सको बम्पर विजेता, जापान भ्रमणको अवसर

देवी बुढा बनिन् जस्मिन पेन्ट्सको बम्पर विजेता, जापान भ्रमणको अवसर
विज्ञापन
Advertisement

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना ‘चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ को बम्पर उपहार विजेता घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको उपस्थितिमा घोषणा गरिएको बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन् । साथै, अन्य ग्राहकहरुले पनि विभिन्न उपहारहरु प्राप्त गरेका छन् ।

यसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडी गथरि जम्मा १०८२ जनालाई उपहारहरु दिइएको कम्पनीले जनाएको छ । तीन महिनासम्म संचालन भएको यस उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गरेका नेपालभरिका २६४७ भन्दा बढी ग्राहकहरु समावेश भएका थिए।

योजना अन्तर्गत ग्राहकलाई ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सका उत्पादनहरुको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit