Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

बीमा कम्पनीबाट दाबी भुक्तानी कछुवा गतिमा : दिनुपर्ने २३.४३ अर्ब, भुक्तानी मात्र ४.२अर्ब

बीमा कम्पनीबाट दाबी भुक्तानी कछुवा गतिमा : दिनुपर्ने २३.४३ अर्ब, भुक्तानी मात्र ४.२अर्ब
विज्ञापन
Advertisement

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको दाबी भुक्तानी प्रकृयालाई कछुवा गतिमै सिमित बनाएका छन् । निर्जीवन बीमा कम्पनीहरूले कुल ३ हजार २५५ वटा बीमा दाबीको २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म अग्रिम भुक्तानी समेत गरी ४ अर्ब २ करोड रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको १९ अर्ब ३ करोड ४१ लाखमध्ये ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ । मोटर बीमातर्फ २ हजार २९५ वटा ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ बराबरको दाबी परेकामा ८४ करोड ८५ लाख रुपैयाँ बीमा कम्पनीहरुले भुक्तानी गरेका छन् ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५५ करोड ४ लाख रुपैयाँ दाबी परेको छ । उक्त रकममध्ये ६ करोड ६९ लाख रुपैयाँ भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबी परेकामा कुल १ करोड ६९ लाख रकममध्ये बीमकले ४८ लाख रुपैयाँ र अन्य बीमातर्फ ४४ वटा दाबीको ३९ करोड १८ लाख दाबी रकममध्ये ३९ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी रकम भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीले गरयो २ अर्ब ५१ करोड अग्रिम दाबी भुक्तानी

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानी दाबी गरेको छ। अद्यावधिक तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल २ हजार ८६० वटा पुर्नबीमा दाबीमा १५ अर्ब ८१ करोड रुपैयाँ रहेको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीम देव सुवेदीले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit