images images images
images images images
images
images
images

प्रधानमन्त्रीको विरोध गर्ने आशंकामा प्रहरीद्वारा ४ जना नियन्त्रणमा

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण

आज अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्‍घाटनमा पुगेका प्रधानमन्त्रीको विरोध गर्ने आंशकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

images
images

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार किरण केसी, राजु सुनुवार, मोहन श्रेष्ठ र राजेश दाहाललाई नियन्त्रणमा लिइएको छ ।

चारै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरिसकेका छन् । कार्यक्रम सकिएपछि उनीहरूलाई छाडिने प्रहरीले जनाएको छ । कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्