images images images
images images images
images
images
images

गत असोजको वर्षाले गरेको क्षति: बीमा कम्पनीमा ३.७७ अर्ब दाबी परेकामा भुक्तानी १ करोड १४ लाख मात्रै

images

काठमाडौं । अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा बीमा कम्पनीहरुले एक तीहाइ रकम मात्र बीमितहरुलाई भुक्तानी गरेका छन् ।

बीमा कम्पनीहरुमा २०८२ असोज १८ गते यता परेका ७४४ ओटा प्रारम्भिक बीमा दाबी परेकामा कूल ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ दाबी रकममध्ये हालसम्म १ करोड १४ लाख रुपैयाँ भुक्तानी भएको हो।

images
images

विभिन्न १३ ओटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ ओटा दाबीको ३ अर्ब २१ करोड ५० लाख रकम मध्ये ६४ लाख भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ ओटा दाबीको ४७ करोड ६६ लाखमध्ये १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० ओटा परेका दाबीमा ४ करोड १४ लाखमध्ये १ लाख र मोटर बीमा (निजी) तर्फ परेका ४० ओटा दाबीको २ करोड ८२ लाखमध्ये ४८ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ।

यस्तै, मोटर बीमा सार्वजनिक तर्फ १० ओटा दाबी परेकोमा १ करोड ८ लाख भुक्तानी हुन बाँकी छ । यस्तै अन्य बीमातर्फको २ ओटा , सामुद्रिक बीमातर्फ ३ ओटा दाबीको भने बीमा दाबी भुक्तानी प्रकृया शुरु नभएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्