Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

एमएडब्लु वृद्धिले दाङमा दुई दिने ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सञ्चालन गर्दै

एमएडब्लु वृद्धिले दाङमा दुई दिने ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सञ्चालन गर्दै
विज्ञापन
Advertisement

दाङ । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त क्याम्प १९ पुस देखि २१ गतेसम्म दुई दिन राप्ती अटोमार्ट प्रा.लि.मा आयोजना हुनेछ । कम्पनीका अनुसार अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प हुनेछ । यस क्याम्पमार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधा तथा एक्सचेन्ज सहुलियतसहित इलेक्ट्रिक सवारी साधन खरिद गर्न तथा साट्न सक्नेछन् । कम्पनीका अनुसार उक्त क्याम्प दाङमा नयाँ, स्टेट अफ दि आर्ट डोङफेङ शोरूमको उद्घाटन तथा नामी भिगोको आधिकारिक सार्वजनिक गरिएको दुई महत्वपूर्ण अवसर पारेर आयोजना गरिएको हो ।

जसमा ग्राहकहरूले नयाँ नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्। यससँगै चार्जिङ सुविधा (७ किलोवाट क्षमताको द्रुत चार्जर तथा ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर) र निःशुल्क अटो प्लस बीमा पनि प्रदान गरिनेछ। उच्चस्तरीय इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेसमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभहरू उपलब्ध गराइनेछ। सबै मोडेलमा पुराना सवारी साधनको उत्तम मूल्याङ्कन सुनिश्चित गरिनेछ भने परीक्षण सवारी लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिनेछ।

दाङमा सञ्चालनमा आएको नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री केन्द्रका रूपमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit