Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

रसुवागढी भन्सार हुँदै तीन दिनमै भित्रिए ९६ कन्टेनर, सवारीसाधनको जाँचपास तीव्र

रसुवागढी भन्सार हुँदै तीन दिनमै भित्रिए ९६ कन्टेनर, सवारीसाधनको जाँचपास तीव्र
विज्ञापन
Advertisement

काठमाडौं । करिब छ महिनापछि रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन्। सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्षमा पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा राखिएको बताइएको छ । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ। यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।

गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालयका प्रवक्ता ठाकुर गौतमले जानकारी दिए । कार्यालयले तत्काललाई चीनबाट ल्याइएका बिग्रने वस्तुहरुको शीघ्र जाँचपास गराउने गौतमको भनाइ छ । उनका अनुसार नाका खुलेपश्चात दुई दिनमा ९० लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit