Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

दाङमा नयाँ शोरूम विस्तारसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टद्वारा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ सञ्चालन

दाङमा नयाँ शोरूम विस्तारसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टद्वारा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ सञ्चालन
विज्ञापन
Advertisement

दाङ । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा नयाँ, ‘स्टेट अफ दि आर्ट’ डोङफेङ शोरूमको औपचारिक उद्घाटन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पश्चिम नेपाललाई विद्युतीय यातायाततर्फ अग्रसर बनाउने कम्पनीको उद्देश्य अनुसार राप्ती अटोमार्ट प्रा.लि.सँगको साझेदारीमा दाङ आसपासका क्षेत्रहरूमा उन्नत इलेक्ट्रिक मोबिलिटी विस्तार गर्न शनिबार उक्त शोरुम विस्तार गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ र विशेष अतिथि डोङफेङ मोटर इन्ड«स्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन, एमएडब्लुका प्रबन्ध निर्देशक विवेक सिकरिया, प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तलगायत सरोकारवालाको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगोको औपचारिक अनावरण पनि गरेका छन्। डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगो आकर्षक म्याजिक क्युब डिजाइन, शक्तिशाली ९९ किलोवाट मोटर तथा ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने ब्याट्री प्रणालीका कारण विशेष रूपमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।

नामी भिगोमा अल्ट्रा–फास्ट चार्जिङ सुविधा रहेको छ, जसले मात्र १८ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने क्षमता राख्दछ। नयाँ शोरुम विस्तारको अवसर पारेर एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ पनि सुरु गरेका छन्, जसअन्तर्गत स्थानीय ग्राहकहरूका लागि आकर्षक लाभहरूको प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्। यससँगै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर सहितको पूर्ण डुअल–चार्जिङ समाधान प्रदान गरिने छ। साथै, ग्राहकहरूलाई निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध गराउनेछ । प्रिमियम इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ। यस्तै, सबै मोडेलमा पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन सुनिश्चित गरिने तथा नयाँ शोरूममा टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने पनि कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit