Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुँदै, दश करोडको कारोबार लक्ष्य

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुँदै, दश करोडको कारोबार लक्ष्य
विज्ञापन
Advertisement

झापा । देशकै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुन लागेको छ। झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा हुनेछ । ‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए ।

विज्ञापन
Advertisement
Advertisement

जेनजी आन्दोलनपछि निजी क्षेत्रमा फैलिएको निराशा र त्रासलाई चिर्न महोत्सवले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको उनको भनाइ छ । महोत्सवमा घरेलु, कृषि, पर्यटन, अन्तरराष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहनेछन् । एक करोड २० लाख अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा १० करोड रुपैयाँको कारोबार हुने र एक लाख अवलोकनकर्ता आउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

महोत्सव सफल बनाउन विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहनेगरी आर्थिक सङ्कलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहनेगरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति रहेको छ ।

साथै, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उनले जानकारी दिए । भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन भद्रपुर नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने बताइन् । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit