Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले अब १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले अब १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
विज्ञापन
Advertisement

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १÷बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१ (न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १/बी२ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर (७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार १९३ नेपाली रुपैयाँ) बराबरको धरौटी (बन्ड) राख्नुपर्नेछ। धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन् ।

भिसा बन्ड राख्नका लागि आवेदकले अमेरिकी गृह सुरक्षा विभागको फर्म समेत बुझाउनुपर्नेछ। साथै, आवेदकले अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणाली मार्फत बन्डको रकम तिर्न सहमति जनाउनुपर्ने व्यवस्था गरिएको छ। यो नियम भिसा आवेदन कहाँबाट दिइएको हो भन्ने कुरासँग असम्बन्धित रूपमा लागू हुने जनाइएको छ ।

अधिकारीहरूले भिसा बन्ड तिरेको आधारमा भिसा स्वीकृत गर्छन् भन्ने ग्यारेन्टी नहुने स्पष्ट गरेका छन् । कन्सुलर अधिकृतको निर्देशन बिना शुल्क तिरेको अवस्थामा उक्त रकम फिर्ता नहुने पनि उल्लेख गरिएको छ। तर, धरौटी राखिएको रकम पूर्ण रूपमा फिर्ता गरिने सूचनामा उल्लेख छ । त्यसका लागि आवेदकले विभिन्न शर्तहरू पूरा गर्नुपर्ने हुन्छ । तोकिएको समयभित्रै अमेरिका छोडेमा, भिसाको शर्त उल्लंघन नगरेमा र तोकिएकै ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमा मात्र धरौटी रकम फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit