Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेप्सेमा समान्य वृद्धि, सवा ६ अर्बको कारोबार

नेप्सेमा समान्य वृद्धि, सवा ६ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं। आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ। मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसदिन नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ । यस दिन कारोबार रकम भने सामान्य घटेको छ। मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड २५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टहरुको गिरावटदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै ,यस दिन यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको हो । बाँकी ७ उपसमूहका परिसूचक भने यस दिन सामान्य बढेको हो । यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit