Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्डसँग नेपाल ८ विकेटले पराजित

टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्डसँग नेपाल ८ विकेटले पराजित
विज्ञापन
Advertisement

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डले विजयी सुरुवात गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit