Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर्णाली प्रदेशको पुँजीगत खर्च सात प्रतिशत मात्र

कर्णाली प्रदेशको पुँजीगत खर्च सात प्रतिशत मात्र
विज्ञापन
Advertisement

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको छ। प्रदेश सरकारले पुँजीगततर्फ जम्मा सात दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ। सरकारले चालुचर्फ २३ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले विकासतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ विनियोजन गरेकामा हालसम्म एक अर्ब ५७ करोड ९० लाख तीन हजार २७९ रुपैयाँ मात्रै विकास निर्माणमा खर्च गरेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजना गरिएको थियो।

अर्धवार्षिक समीक्षासम्म १३ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख रत्न सुवेदीले जानकारी दिए । उनले भने, ‘चालुतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार विनियोजन भएकामा हालसम्म दुई अर्ब ९५ करोड ४४ लाख ३० हजार रुपैयाँ अर्थात् २३ दशमलव ८३ प्रतिशत खर्च भएको छ। यो रकम विकास बजेट कार्यान्वयनको तुलनामा तीन गुणाभन्दा बढी हो ।’

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट १० अर्ब ७३ करोड १४ लाख ८३ छुट्याइएकोमा हालसम्म एक अर्ब आठ करोड ६४ लाख १० हजार ५८ रुपैयाँ खर्च भएको छ। बजेट कार्यान्वयनमा कमजोर देखिएकामा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अग्रपङ्क्तिमा छ। हालसम्म यो मन्त्रालयले तीन अर्ब ५५ करोडभन्दा बढी बजेटमध्ये २० करोड ५९ लाख ९४ हजार रुपैयाँ कार्यान्वयन गरेको छ ।

सामाजिक विकास मन्त्रालयले दुई अर्ब ७८ करोड ३३ लाख १६ हजारमध्ये हालसम्म १९ करोड ४३ लाख ४५ हजार नौ सय ९२ रुपैयाँ खर्च गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक अर्ब ४३ करोड तीन लाख ३१ हजार पुँजीगततर्फको बजेट रहेकामा पाँच करोड १८ लाख दुई हजार रुपैयाँ खर्च गरेको छ। यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुँजीगततर्फ ६४ करोड १६ लाख २९ हजार बजेटमध्ये २२ करोड ३३ लाख ८३३ रुपैयाँ कार्यान्वयनमा ल्याएको लेखा नियन्त्रण कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit