चितवन। नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक बिक्रेताब अग्नि ग्रुपअन्तर्गतको अग्नि आस्था प्राइभेट लिमिटेडले चितवनमा महिन्द्राका अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभीहरू BE 6 र XEV 9e भव्य समारोहबीच सार्वजनिक गरेको छ।
भरतपुरस्थित होटल सिराइचुलीमा आयोजित सार्वजनिकिकरण कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर चैतन्य कगलकर, ग्राहकवर्ग तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपाल तथा क्षेत्रीय बजारमा इलेक्ट्रिक मोबिलिटी विस्तार गर्ने कम्पनीको दीर्घकालीन भिजन प्रस्तुत गर्नुभयो। त्यसैगरी महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर चैतन्य कगलकरले महिन्द्राको ‘Born Electric Vehicle (BEV)’ प्रविधि तथा ग्लोबल ई–भी रोडम्यापबारे जानकारी दिए ।

महिन्द्राका यी दुवै इलेक्ट्रिक एसयुभीहरू अत्याधुनिक INGLO (Electric Origin) प्लेटफर्ममा आधारित छन् र संसारकै इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर MAIA (Mahindra Artificial Intelligence Architecture) द्वारा सञ्चालित छन्। यी गाडीहरूको क्षेत्रीय सार्वजनिकिकरणले नेपालमा विद्युतीय सवारीको नयाँ अध्याय सुरु गरेको कम्पनीको दाबी छ।
BE 6 र XEV 9e पहिलो पटक सन् २०२५ को अगस्टमा आयोजित NAIMA Nepal Mobility Expo मार्फत नेपाली बजारमा सार्वजनिक गरिएका थिए। त्यसयता उपभोक्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका यी गाडीहरूले पर्फमेन्स, डिजाइन, इन्टेलिजेन्स र दिगोपनालाई एकैसाथ समेटेका छन्। यसै क्रममा XEV 9e ले Indian Car of the Year (ICOTY) 2026 अन्तर्गत Green Car of the Year 2026 अवार्ड पनि प्राप्त गरेको छ।

बढ्दो मागलाई मध्यनजर गर्दै अग्नि ग्रुपले महिन्द्राको ‘Born Electric’ लाइनअपलाई देशका विभिन्न क्षेत्रीय सहरहरूमा विस्तार गर्ने योजना बनाएको छ। चितवनपछि वीरगञ्ज, भैरहवा, इटहरी लगायतका सहरहरूमा पनि चाँडै सार्वजनिकिकरण गरिने जनाइएको छ।
डिजाइन, पर्फमेन्स र प्रविधिको संयोजन
BE 6 र XEV 9e दुवैले महिन्द्राको ‘Heartcore’ डिजाइन दर्शन झल्काउँछन्। BE 6 मा एड्भेन्चर र पर्फमेन्स–प्रेरित एथलेटिक डिजाइन छ भने XEV 9e मा लक्जरी एसयुभी कुपे शैली अपनाइएको छ।
अधिकांश भेरियन्टमा ९९ किलोवाट पावर उपलब्ध छ भने XEV 9e को शीर्ष भेरियन्टमा १९९ किलोवाट पावर रहेको छ। इन्टेरियरतर्फ XEV 9e मा ट्रिपल–स्क्रिन सिनेमाटिक डिस्प्ले र BE 6 मा रेस–रेडी डिजिटल ककपिट दिइएको छ।
यी दुवै इ–एसयुभीमा ADAS Level 2 / Level 2+, अटोपार्क, ३६० डिग्री क्यामेरा, EyeDentity ड्राइभर मोनिटरिङ सिस्टम, Harman Kardon साउन्ड सिस्टम, AR–आधारित HUD, कनेक्टेड ME4U प्लेटफर्मजस्ता अत्याधुनिक सुविधा समावेश छन्।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्