Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

मनोनयनकै दिन तीन वटा मुद्दा सुनुवाइ, रवि लामिछाने भन्छन्– ‘म अभिमन्यु होइन’

मनोनयनकै दिन तीन वटा मुद्दा सुनुवाइ, रवि लामिछाने भन्छन्– ‘म अभिमन्यु होइन’
विज्ञापन
Advertisement

काठमाडौं । देश निर्वाचनमय बनेको छ। देशभर प्रतिनिधिसभा उपनिर्वाचनका लागि मनोनयन दर्ताको रौनक चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने अदालत धाइरहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

लामिछानेका अनुसार सोमबार एकैदिन पर्सा, काठमाडौं र रुपन्देहीका अदालतमा उनका मुद्दाको सुनुवाइ भइरहेको छ। अन्य अदालतका आदेशहरू पनि आउन सक्ने उनले बताएका छन्। पर्सा जिल्ला अदालतबाट निस्किएपछि सार्वजनिक धारणा राख्दै उनले यो अवस्थाले आफू निर्वाचनको उत्साहमा पूर्ण रूपमा मिसिन नसकेको बताएका हुन्।

उनले चितवन–२ मा आफ्ना शुभेच्छुकहरू बाटो कुरिरहेको उल्लेख गर्दै सकेसम्म आफैँ मनोनयन दर्ताका लागि उपस्थित हुने प्रयास गरिरहेको र नसके वारेसमार्फत मनोनयन दर्ता हुने स्पष्ट पारे।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दाहरूलाई ‘अत्याचार’ को संज्ञा दिँदै त्यसको फैसला नेपाली जनताले गर्ने दाबी गरे। ‘ममाथि गरिएको पाप र अत्याचारको हिसाब नेपाली जनताले फागुन २१ गते घण्टी बजाएर दिनेछन्,’ उनले भने।

उनले आफू सहकारीको बाटो नै नहिँडेको व्यक्ति भएको दाबी गर्दै प्रमाणविनै मुद्दै–मुद्दा थोपारिएको आरोप लगाए। ‘नभएको प्रमाण छ भन्दै, गनेरै नसकिने मुद्दा लगाइएका छन्,’ उनको भनाइ थियो।

लामिछानेले आफूविरुद्ध लागेका आरोपहरूको जवाफ कानुनी र राजनीतिक रूपमा दिने बताए। ‘मलाई जिउँदो छोडेर तिमीहरूले एउटा मात्रै गुण लगाएका छौ। म त्यो गुण तिर्छु—चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु,’ उनले भने।

अन्त्यमा उनले आफू अभिमन्यु नभएको उल्लेख गर्दै संघर्षबाट पछि नहट्ने संकेत दिए। रास्वपाले चितवन–२ मा उपनिर्वाचनका लागि लामिछानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit