Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड: एकैदिन दश हजार चार सय रुपैयाँले बढेको पहेँलो धातुको मोल कति पुग्यो ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड: एकैदिन दश हजार चार सय रुपैयाँले बढेको पहेँलो धातुको मोल कति पुग्यो ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एकैदिन एक तोला सुन १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको भाउ पाँच हजार ९२० रुपैयाँ कायम भएको छ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० रुपैयाँ कायम भएको थियो। गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य दिनदिनै बढेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit