Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित
विज्ञापन
Advertisement

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन् । उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए । बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन् ।बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit