Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेप्से बढेर २७ सय ७२ बिन्दुमा, साढे १३ अर्ब बढीको शेयर कारोबार

नेप्से बढेर २७ सय ७२ बिन्दुमा, साढे १३ अर्ब बढीको शेयर कारोबार
विज्ञापन
Advertisement

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यसदिन नेप्से ५७.५५ अंकले बढेर २७ सय ७२.१७ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतको वृद्धि हो । यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंकले बढेको छ ।

आज ३३१ स्टकको कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस अवधिमा ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। यो किनबेच १ लाख ३३ हजार ५२९ वटा कारोबारमा सम्पन्न भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २४० वटाको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको शेयर मूल्य स्थिर रह्यो, जसले बजारमा व्यापक खरिद चाप देखिएको संकेत गर्छ ।

आइतबार ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य भने आज सर्वाधिक ५.८० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। आज यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचकमा आज सर्वाधिक ३.३५ प्रतिशतको वृद्धि देखियो । यसैगरी, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit