Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सामान्य अंकले घट्यो नेप्से, उलेख्य बढ्यो कारोबार

सामान्य अंकले घट्यो नेप्से, उलेख्य बढ्यो कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको सोमबार शेयर बजारमा सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.०७ अंकले घटेर २ हजार ७६९.०९ विन्दुमा आइपुगेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३२ कम्पनीको ३ करोड ६२ लाख कित्ता शेयर किनबेचहुँदा १६ अर्व ३५ करोड रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन पावर पार्टननर, अाँखु खोला जलविद्युत कम्पनी, मन्जुश्री फाइनान्स र स्काई प्यानेल नेपाल शेयर मूल्य ५० करोड १७ लाख रुपैयाँदेखि ६५ करोड ८३ लाख रुपैयाँसम्मको कारोबार भएको छ । जलविद्युत शेयर झुम्मिए लगानीकर्ता आज जलविद्युत कम्पनीको शेयर मूल्यमा झुम्मिएका छन् ।

यो दिन स्काई प्यानेल नेपाल, हिमस्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

सामान्य घटेको बजारमा नेशनल हाइड्रो पावर कम्पनी, कालिका पावर कम्पनी, ज्योति विकास बैंक र सानिमा ग्रोथ फण्डको शेयर मूल्य २.८० प्रतिशतदेखि ३.१२ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit