Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गालीले हैन, आर्थिक एजेण्डाले दल स्थापित हुनुपर्छ : अध्यक्ष ढकाल

गालीले हैन, आर्थिक एजेण्डाले दल स्थापित हुनुपर्छ : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डा स्थापित हुनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा धारणा राख्दै अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने उनले बताए ।

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उनले बताए ।
‘राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ ।

आफ्ना एजेण्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्,’ ढकालले भने ।निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको बताए ।

‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन । डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit