Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम सामान्य वृद्धि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम सामान्य वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं। साताको तेस्रो कारोबारदिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ। आज नेप्से १२.५८ अंकले घट्दै २६सय८३.१५ बिन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो ।

विज्ञापन
Advertisement
Advertisement

यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंक, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको छ ।

आजको कारोबारमा कुल ३२२ वटा धितोपत्र किनबेच हुँदा १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ८ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ। जुन ९२ हजार ३३८ पटकको शेयर किनबेचका क्रममा भएको हो ।

कारोबार भएका कम्पनीमध्ये ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९० वटाको घटेको छ। यस्तै, ३ वटा कम्पनीको मूल्य स्थिर रह्यो । बजारमा गिरावट देखिए पनि केही कम्पनीका शेयरमा भने उल्लेखनीय वृद्धि देखिएको छ । सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड छ । यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एचएलआइ लार्ज क्याप फण्डको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

कारोबार रकमको आधारमा यसदिन एसवाई प्यानल लिमिटेड अग्रस्थानमा रह्यो। यस कम्पनीको मात्र करिब ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ४१ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।

बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । विश्लेषकहरूका अनुसार नाफा बुकिङ र लगानीकर्ताको पर्खाइको रणनीतिका कारण बजार दबाबमा परेको हुनसक्छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit