Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

वरिष्ठ कलाकार सुनिल थापाको निधन

वरिष्ठ कलाकार सुनिल थापाको निधन
विज्ञापन
Advertisement

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताए ।

“बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भने ।

अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। “ उहाँको परिवारका सदस्यहरु भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ”, अध्यक्ष निरौलाले भने । लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए । उनी शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।

उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit