Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

‘उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील छौं’

‘उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील छौं’
विज्ञापन
Advertisement

काठमाडौं । दर्ता नभएका तर सञ्चालनमा रहेका व्यवसायलाई गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंमा आज आयोजित राष्ट्रिय आर्थिक गणना, २०८२ को अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अनौपचारिक अर्थतन्त्र अर्थात् दर्ता नभई सञ्चालनमा आएका व्यवसायहरुका कारण अर्थतन्त्रको वास्तविक आकार थाहा नभएको धारणा राखेका हुन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाका क्रममा उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै गणनामा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले निजी क्षेत्रको तथ्याङ्क संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए । उनले भने, ‘हामी सबै यस प्रक्रियामा जोडिनु पर्छ। सही तथ्याङ्क आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुन्छ।’

यस्तै, उनले परिसंघका २९ वटा संस्थागत सदस्य र ५०० भन्दा बढी आबद्ध सदस्यहरू मार्फत जनचेतना फैलाउन सकिने समेत जानकारी दिए । कार्यक्रममा तथ्याङ्क कार्यालय र परिसंघबीच छिट्टै समझदारी बनाएर रिसर्च र तथ्याङ्क विश्लेषणमा सहकार्य गर्नेबारे छलफल भएको छ। यसैगरी नेपाल उद्योग परिसंघको अध्यक्ष वीरेनद्रराव पाण्डेले तथ्यमा आधारित योजनाका लागि आफूहरू सहकार्य गर्न तयार रहेको बताए । निजी क्षेत्रको तथ्याङ्क संकलन र गणनालाई प्रभावकारी बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

अध्यक्ष पाण्डेले आधिकारिक तथ्याङ्क बैंकको निर्माणले आगामी दिनमा उद्योगीहरूलाई आफ्ना रणनीतिक योजना बनाउन समेत ठूलो सहयोग पुग्ने उल्लेख गरे । उनले परिसंघले आफ्ना सदस्यहरूलाई गणनामा सही विवरण उपलब्ध गराउन प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा तथ्याङ्क कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले २०८२ को मूल नारा ‘अर्थतन्त मापनको लागि आर्थिक गणना’ रहेको जानकारी गराए । उनले आर्थिक गणनामा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्कको पूर्ण गोपनीयता कायम गरिने बताए । ‘हामी उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील छौं। यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माणमा प्रयोग गर्नका लागि हो’ लामिछानेले भने,‘निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन, त्यसैले हामी परिसंघ जस्ता संगठित संस्थाहरूसँग घनिभूत सहकार्य गर्न चाहन्छौं।’

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit