Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

झिनो अंकले घट्यो नेप्से, पाँच उपसमूहमा हरियाली

झिनो अंकले घट्यो नेप्से, पाँच उपसमूहमा हरियाली
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले बुधबार पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ०.०४ अंक घटेर २६ सय ६२.०९ विन्दुमा बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेप्से करिब स्थिर रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार कारोबार रकममा केही वृद्धि भएको छ । आज ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन रिडी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा माथि उकालो लाग्दा आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य पनि ७ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सुमर माइ हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा पनि रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ । यस्तै, सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढेका छन् भने बाँकी उपसमूहहरूमा झिनो गिरावट देखिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit