images images images
images images images
images
images
images

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

images

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ ।

images
images

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्