Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य दुई हजारले घट्दा चाँदी पनि २०५ रुपैयाँले सस्तियो

सुनको मूल्य दुई हजारले घट्दा चाँदी पनि २०५ रुपैयाँले सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य दुई हजारले र चाँदी २०५ रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको छ । यस्तै, एक तोला चाँदीको मूल्य पाँच हजार ५१५ रुपैयाँ निर्धारण भएको छ।

हिजो (बुधबार) तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने त्यति नै परिमाणको चाँदी पाँच हजार ७२० रुपैयाँमा किनबेच भएको थियो ।

गत मङ्गलबार सुनको प्रतितोला तीन लाख १७ हजार र एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit