Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड

बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
विज्ञापन
Advertisement

काठमाडौं।अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई अघि बढाउन तथा विकासका दृष्टिले सबैभन्दा पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ अपरिहार्य रहेको बताए।

विज्ञापन
Advertisement
Advertisement

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले कार्यादेश कार्यान्वयन समीक्षासम्बन्धी अनौपचारिक तदर्थ कार्यसमूहका सहअध्यक्षहरूसँग आयोजित राजदूतस्तरीय बैठकमा उनले ब्यक्त गरे।

बैठकमा उहाँले कार्यादेश कार्यान्वयन प्रक्रियाप्रति अल्पविकसित मुलुक समूहको पूर्ण समर्थन रहेको पुनः दोहोर्याउँदै संयुक्त राष्ट्रसङ्घभित्र गरिने सुधारहरूले यसको विकाससम्बन्धी स्तम्भलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

राजदूत थापाले पर्याप्त स्रोतसाधन सुनिश्चित गर्न तथा कार्यादेशकाृ प्रभावकारी कार्यान्वयन गर्न तथा अल्पविकसित मुलुकहरूका लागि मापनयोग्य उपलब्धि हासिल गर्न आवश्यक भएको बताए।
उनले अल्पविकसित मुलुक, विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूका लागि संयुक्त राष्ट्रङ्घीय उच्च प्रतिनिधिको कार्यालयले दोहा कार्ययोजना कार्यान्वयनलाई अघि बढाउन तथा विश्वका सबैभन्दा कमजोर राष्ट्रहरूको विकास प्राथमिकतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुएको उक्त नियोगले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit