Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंकद्वारा ऋणीलाई खराब कर्जा चुक्ता गर्दा ब्याज छुटको घोषणा

नेपाल बैंकद्वारा ऋणीलाई खराब कर्जा चुक्ता गर्दा ब्याज छुटको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरूका लागि ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने विशेष सहुलियत योजना सार्वजनिक गरेको छ। बैंकले खराब वर्गमा परेका ऋणीदेखि नियमित किस्ता तिर्न बाँकी रहेका ग्राहकहरूलाई समेत लक्षित गरी यो योजना ल्याएको जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार १ करोडसम्मको खराब कर्जालाई चुक्ता गर्न २०८३ सम्मको समय दिइएको छ । जसअनुसार २०७९ चैत्र मसान्तभन्दा अगाडि खराब वर्गमा वर्गीकरण भएका र सावाँ बक्यौता १ करोड रूपैयाँसम्म रहेका ग्राहकले २०८३ साल आषाढ मसान्तभित्र तोकिएको शर्त बमोजिम कर्जा चुक्ता गरेमा आकर्षक ब्याज छुट पाउनेछन्। यसमा बैंकले अपलेखित गरिसकेका कर्जाहरू समेत समावेश गरेको उल्लेख छ ।

यस्तै, नियमित र निष्क्रिय कर्जामा पनि बैंकले छुट दिएको छ । २०८० वैशाख १ गतेपछि निष्कृय वा सक्रिय वर्गमा रहेका तर बक्यौता बाँकी भएका ग्राहकहरूले पनि यो योजनाबाट लाभ लिन सक्नेछन्। २०८२ चैत्र मसान्तभित्र आफ्नो सावाँ र ब्याज बुझाई कर्जा चुक्ता गरेमा वा खाता नियमित गरेमा बैंकले ब्याजमा विशेष छुट दिने घोषणा गरेको छ ।

बैंकले आफ्ना सम्बन्धित सम्पूर्ण कर्जा ग्राहकहरूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क राखी यो सीमित अवधिको छुट सुविधा उपभोग गर्न अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit