Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

तेहरानले कतारका उर्जा पूर्वाधारमा आक्रमण नरोके ‘दक्षिण पार्स’ ग्यास क्षेत्र ध्वस्त बनाइदिने अमेरिकाको चेतावनी

तेहरानले कतारका उर्जा पूर्वाधारमा आक्रमण नरोके ‘दक्षिण पार्स’ ग्यास क्षेत्र ध्वस्त बनाइदिने अमेरिकाको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर असर पारिरहेको बेला इरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को चेतावनी दिएका छन । इरानले कतारको रास लाफान स्थित एलएनजी केन्द्रमा मिसाइल प्रहार गरेपछि ट्रम्पले तेहरानले कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेमा अमेरिकाले इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्रलाई ध्वस्त पार्ने कडा चेतावनी दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

हालैका आक्रमणहरूपछि विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै पाँच प्रतिशतले बढेको छ, जसले आपूर्ति शृङ्खला दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने चिन्ता बढाएको छ। इरानले कतारको रास लाफान एलएनजी केन्द्रसहित खाडी क्षेत्रका ऊर्जा संरचनामा शृङ्खलाबद्ध आक्रमण गरेको बताइएको छ । जुन इजरायलले दक्षिण पार्स क्षेत्रमा गरेको आक्रमणको प्रतिकारका रूपमा भएको बताइएको छ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई आक्रमण रोक्न आग्रह गरेका हुन्। उनले इरानले कतारमाथि आक्रमण रोकेमा इजरायलबाट थप आक्रमण नहुने दाबी पनि गरेका छन् । साथै दक्षिण पार्समा इजरायलको अघिल्लो आक्रमणबारे अमेरिकालाई जानकारी नभएको ट्रम्पले प्रस्टीकरण दिएका छन् । यसैबीच, होर्मुज जलडमरूमध्य हुँदै हुने तेल ढुवानीमा अवरोध उत्पन्न भएपछि ऊर्जा बजार थप अस्थिर बनेको छ। अमेरिकी–इजरायली आक्रमणपछि इरानमा हजारौँको ज्यान गएको अनुमान छ, तर तेहरानले अझै पनि मिसाइल र ड्रोन आक्रमण जारी राखेको छ।

कतारको ऊर्जा कम्पनीका अनुसार रास लाफान क्षेत्रमा इरानी मिसाइल प्रहारपछि लागेको आगो नियन्त्रणमा लिइएको छ । उता साउदी अरेबियाले आफ्नो ऊर्जा पूर्वाधारमाथि ड्रोन आक्रमणको प्रयास विफल पारेपछि आवश्यक परे सैन्य प्रतिक्रिया दिने जनाएको छ । द्वन्द्वको मानवीय असर पनि बढ्दो छ। इजरायलमा इरानी क्षेप्यास्त्र प्रहारबाट एक विदेशी कामदारसहित मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ भने वेस्ट बैंकमा पनि मिसाइलका अवशेषले तीन महिलाको ज्यान लिएको छ।

इरानमा उच्च तहका सुरक्षा अधिकारीहरूको हत्या क्रम जारी छ । गुप्तचर प्रमुखको हत्या भएपछि इरानी नेतृत्वले कडा प्रतिक्रिया जनाउँदै प्रतिशोधको चेतावनी दिएको छ। नयाँ सर्वोच्च नेतृत्वले ‘रगतको मूल्य तिर्नुपर्छ’भन्दै आक्रोश व्यक्त गरेको छ। अमेरिकी गुप्तचर प्रमुखले इरानी शासन संरचना कमजोर भए पनि पूर्ण रूपमा ध्वस्त नभएको बताएका छन्। यसबीच इरान समर्थित समूहहरूको सक्रियतासँगै लेबनान र इराकमा पनि तनाव फैलिएको छ।

लेबनानमा इजरायली आक्रमण तीव्र भएपछि सर्वसाधारण विस्थापित भइरहेका छन्। धेरैले सुरक्षित स्थानतर्फ पलायन गरेका छन्। इराकमा पनि सशस्त्र समूहहरूले अस्थायी रूपमा अमेरिकी दूतावासमाथि आक्रमण रोक्ने घोषणा गरेका छन्। समग्रमा, ऊर्जा पूर्वाधारलाई केन्द्रमा राखेर बढ्दो सैन्य टकरावले क्षेत्रीय मात्र नभई विश्वव्यापी सङ्कट गहिरिँदै गएको सङ्केत देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit