Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको भाउमा पहिरो : एकैदिन साढे १२ हजारले घट्यो, तीन दिनमै ३८ हजार ३०० ले सस्तियो

सुनको भाउमा पहिरो : एकैदिन साढे १२ हजारले घट्यो, तीन दिनमै ३८ हजार ३०० ले सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा साढे १२ हजार रुपैयाँले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

आइतबार एक तोला सुनको मूल्य दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

यसअघिको कारोबार दिनमा (शुक्रबार) सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ र बिहीबार तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबारको तुलतामा शुक्रबार सात हजार ८०० सय रुपैयाँले घटेको सुनको भाउमा आज पनि १२ हजार पाँच सयले गिरावट आएको छ । पछिल्लो तीन कारोबार दिनमै सुन तोलामा ३८ हजार ३०० रुपैयाँले सस्तिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको मा आज तोलामा ३५५ रुपैयाँले घटेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit