Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

वाडा अटो शो २०२६ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु

वाडा अटो शो २०२६ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
विज्ञापन
Advertisement

पोखरा । नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज अटो लिमिटेडले नयाँ इलेक्ट्रिक स्कुटर बजाज चेतक ३५०१ को पोखरामा भव्य डेब्यु गरेको छ। नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लि। सँगको सहकार्यमा उक्त मोडल सार्वजनिक गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

पोखराको लेकसाइडस्थित तालबाराही चोकमा चैत ११ देखि १५ गतेसम्म सञ्चालन भइरहेको अटो शो गण्डकी प्रदेशकै प्रमुख अटोमोबाइल प्रदर्शनीका रूपमा परिचित छ। यस अवसरमा आगन्तुकहरूले चेतक ईभीलाई नजिकबाट अवलोकन गर्न पाउनुका साथै यसको विशेषताबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

स्टल नम्बर C३२ मा प्रदर्शित बजाज चेतक ३५०१ ले चेतकको ऐतिहासिक विरासत र आधुनिक इलेक्ट्रिक प्रविधिको संयोजन प्रस्तुत गरेको कम्पनीले जनाएको छ। स्कुटरमा मजबुत मेटल बडी, स्मार्ट त्ँत् डिस्प्ले तथा नेपालको विविध भौगोलिक अवस्थालाई ध्यानमा राखी तयार गरिएका सुरक्षा विशेषताहरू समावेश छन्।

प्रदर्शनीमा सहभागीहरूले लेकसाइडको आकर्षक रुटमा टेस्ट राइडका लागि दर्ता गर्न सक्नेछन्। साथै, प्रदर्शनीस्थलमै बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष ‘अन–द–स्पट’ अफरहरू पनि उपलब्ध गराइएको छ।

कार्यक्रमका क्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले पोखरामा चेतक ईभी प्रस्तुत गर्नु सहरको चरित्रसँग मेल खाने निर्णय भएको बताए। उनले चेतकले परम्परा र आधुनिक प्रविधिबीच सन्तुलन कायम गर्दै प्रयोगकर्तालाई शान्त, प्रभावकारी र प्रतिष्ठित यात्रा अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।

दिगो यातायात प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित यो प्रदर्शनी बजाजका लागि महत्वपूर्ण कोशेढुङ्गा हुने अपेक्षा गरिएको छ। उत्कृष्ट निर्माण गुणस्तर, आकर्षक डिजाइन र टिकाउपनका कारण बजाज चेतक ३५०१ वाडा अटो शो २०२६ को प्रमुख आकर्षणमध्ये एक बनेको छ।

बजाजका अनुसार चेतक ईभीले आफ्नो गौरवमय इतिहासलाई आधुनिक प्रविधि, शैली र स्मार्ट कनेक्टिभिटीसँग जोड्दै नेपाली बजारमा भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थान बनाइसकेको छ। आयोजकले ईभीप्रेमी, दैनिक प्रयोगकर्ता तथा परिवारहरूलाई स्टल नम्बर ऋघद्द मा गई स्कुटरको प्रत्यक्ष अनुभव लिन आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit